Poem: what it into stomach

Posted by somdai a lunatic on Aug 26, 2013 | 0 comments



न भोक छ
न निद्रा छ
डाक्टरले सास्ती दिन्छ
उसकै ईशारा चल्छ
लुछिएको छ मेरो शरीर
कहिले इन्डोस्कोपी
कहिले अल्ट्रासाउण्ड
कहिले दुख्ने गरी रगत झिक्छ
खैलाबैला ठाउँठाउँमा
पोखिन्छ रगत भुईंमा तप्तप्
र, पनि खुटिंदैन रोग
दिन कट्दै जान्छ
रोग निको होला छैन
ब्यथा उस्तै छ
अनि फेरिन्छ चिकित्सक
ऊ पनि साँढे बन्छ
आफ्नै पेशाकर्मीलाई गन्दैन
मैले भनेकोमात्र सही भन्छ
अनि गिजल्छ मेरै शरीर
पीडा ज्यूँका त्यूँ छ
खुटिन्न रोग
आखिर,
साला पेटमा के छ कुन्नि !
–सोमराज पोखरेल ‘लुनाटिक’
२०७० भदौ ९, पानीपोखरी ।

0 comments for "Poem: what it into stomach"

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts