गजल : कौतुहल

Posted by somdai a lunatic on Aug 20, 2010 | 1 comments


तिमी आयौ टांसिनलाई, साथ दिएं गांसिनलाई
कसको शक्ति कति बेजोड, हामी मिल्यौं मासिनलाई ।
यति प्रण गर्‍यौं हामीले कहिले पनि नछुट्टिने
रमझमको स्वादै राम्रो जोर चल्यो नासिनलाई ।
अङ्गअङ्ग छुंदाखेरी संसार नै हल्लिएझैं
मात लाग्यो कस्तो बेजोड उत्ताउलो मन कस्सिनलाई ।
मन कस्तो लोभी होला चञ्चल ती आंखाहरु
जाला यो ज्यान पग्लिएर डरलाग्छ भांचिनलाई ।
रंगीचंगी फूलबारीमा मौरी भुर्‍यो वरिपरि
कसको शक्ति कति बेजोड सबै मिले मासिनलाई ।।
-सोमराज पोखरेल 'लुनाटिक'

1 comments for "गजल : कौतुहल"

  1. Shoodhan says:

    oho Khatara chha ta hau, Pahile line nai gajab lagyo..

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts