कबिताः बच्चाको चाह

Posted by somdai a lunatic on Nov 19, 2010 | 0 comments


बच्चाको चाहभो

न निद्रा भो न भोक भो
शरीरलाई केबल डाह
भो संसारका सबै कुरा बिसर्िएर
यतिबेलाकेबल बच्चाकै चाह भो ।

आमाको ख्याल त्यस्तै
चिच्याहट र पीडा
राम्रो भविष्यको कल्पनामा
रोदनआग्रह अनुग्रह
सबै भगबानलाई भो
ल्याउने जिम्मा आफ्नो कहाँ
त्यो त सबै डाक्टरलाई गो
जे सुकै सहनुपरोस्
यतिबेला संसारका सबै कुरा बिसर्िएर
केबल बच्चाकै चाह भो ।

नौ महिने योगदानले मात्र पुग्ने भए
डाक्टर किन चाहिने
घरमा बसीबसी नपुग्ने रैछ
अस्पतालनै धाउनु पर्ने
यो कस्तो विज्ञान
कस्तो चमत्कारप्रकृतिलाई खै किन किन डाह भो
संसारको सबै कुरा बिसर्िएर यतिबेला
केबल बच्चाकै चाह भो ।

सोमराज पोखरेल
लुनाटिक२०६७ कार्तिक २५
काठमाडौं मेडिकल कलेज प्रसुति वार्ड ।

0 comments for "कबिताः बच्चाको चाह"

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts