Drama
Posted by somdai a lunatic on Jan 23, 2011 | 0 comments
न्यूज डेस्क लाग्ने सामग्री एउटा टेबल ल्यावटप् केही कागज र फाइल ।
प्रेम- महेन्द्र रायमाझी
अविनाश-रमेश ढुङ्गेल
कल्पिता-अनिता मिश्र
वर्षा- अनुपा श्रेष्ठ
विशाखा- कृति भट्टराई
निर्देशक एवं लेखन- सोमराज पोखरेल
दृष्य- १
प्रेम- हैन हो मित्र के हुँदैछ
अविनाश- के हुनु र हामी त केही पनि गर्न नसक्ने भैहाल्यौं ।
प्रेम- किन के भयो र
अविनाश- सबैलाई थाहा भएकै कुरा हो नि नयाँ संविधान लेख्नका लागि भनेर भोट दिएको । सभासदहरु मोटाएर जात्रा छ । संविधान लेखेनन् ।
प्रेम- रिसको भावमा किन लेख्थे त । बेरोजगारी ६०१ ले जागीर पाका छन् । छिट्टै लेखे भने त जागीर गै गो नि ।
कल्पिता- ओहो यिनीहरु त यहाँ पो रैछन् । किन निराश देखिन्छौ नि ।
प्रेम- के गरौं तिमीलाई देखेपछि शिला कि जवानी भनेर नाचौं
कल्पिता-सोध्नु पनि नहुने भो हैन रिसाएको भावमा
अविनाश- हुन्छ नि किन नहुनु । तिमी हामी सबैलाई चाहिने कुरा बारे नै छलफल गरिरहेका थियौं ।
कल्पिता- ए हो र ! जिज्ञासु भावमा
प्रेम- होइन त रिसाएको भावमा
अविनाश- हो संविधानसभाको थपिएको म्याद सकिन अब साढे ४ महिनामात्र बाँकी छ । अहिलेसम्म लेखन काम सुरु हुन सकेको छैन । लेख्नेबारे शीर्षदलका सभासदहरु गम्भीर देखिएका छैनन् ।
प्रेम- किन लेख्थे त सरकारमै जान हानथाप छ ।
कल्पिता- सरकार र संविधान त अलग कुरा हो नि किन सत्ताकै लागि मरिहत्ते गरेका होलान्
अविनाश- प्रकि्रयागत समस्या छ । अन्यौल छ । त्यसैले त मिलिजुली सरकार चलाउँदै मिलिजुली संविधान लेख्नुपर्ने हो ।
प्रेम-आफ्नै पार्टीमा त हानाथाप गर्नेले अझ अरुसंग मिल्ने रे ।
कल्पिता- अलि गम्भीर कुरा गर न कत्ति ठट्टा गरेको ।
अविनाश- हो अब ठट्टा गर्ने बेला हैन । हरेक नागरिकको अधिकार हो सभासदलाई झक्झकाउने । अब जसरी पनि समयमै संविधान नलेखेसम्म सभासदहरुलाई छोड्नु हुँदैन ।
प्रेम÷कल्पिता- हो सबैको भविष्यका लागि समयमै नयाँ संविधान लेख्न दवाव दिऔं ………
दृष्य २
वर्षा- ओ हो । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर । अफिसको काम अलपत्र पारेर राजनीतिको कुरा
अविनाश- होइन दिदी हामी हाम्रै भविश्य कल्पिंदै थियौं ।
वर्षा- ल ल ठीकै छ । अनि काम कस्तो भइरहेको छ त
प्रेम- चलिरहेकै छ नि ।
वर्षा- चल्न त सृष्टि जसरी पनि चलेकै हुन्छ नि तर कसरी चलेको छ भनेर नि ।
प्रेम- घडीको सुइ घुमेजस्तो घुमिरहेका छौं दिदी । हँसिलो मुद्रामा तर पीडा भाव
कल्पिता- चल्न त चलेको छ तर काम बढी छ ।
वर्षा- कसले लगायो बढी काम ठीकै थियो त
कल्पिता- खोइ के भन्नु !
वर्षा- ए मैले बुझें फेरि जे नहोस् भनेको त्यही भयो हैन जुनियर र सिनियरको श्रृंख्ाला दोहोरिरह्यो । ठीक छ । म दह्रो निर्णय गर्छु । हैन सम्मान पाउन त आफूभन्दा सानालाई माया पनि त दिन सक्नुपर् यो नि ।
अविनाश- हुन त हो तर लायक पनि त हुनुपर् यो नि ।
प्रेम- माथिबाट आशिर्वाद मिलेको होला नि ।
वर्षा- एक थुकी सुकी सय थुकी नदी भनेझैं हामीले हातेमालो गरेर अगाडि बढ्यौं भने संस्थाको भलो हुन्थ्यो त ।
कल्पिता -इमानदारीता देखाउन सके त हो नि दिदी ।
वर्षा- नसक्नेलाई घिसारेर बदल्न पनि सिकंदैन के बौद्धिक क्षेत्रमा ।
प्रेम- छुट्ने छुटुन् बरु । हामी भने भेदभावरहित भएर अगाडि बढौं न त ।
अविनाश- हो को ठूलो को सानो हामी एक भएर अगाडि बढौं ।
दृष्य ३
विशाखा- लौन समाचार पढ्न हतार भो खोइ त संक्षेप
अविनाश- एक छिन् है तयार हुँदैछ । कम्प्युटर हेरेजस्तै गरी आत्तिएको आभासमा ला ह्याङ्ग भो । यही बेलामा कम्युटर बिग्रनु पर्ने । लौन बर्वाद भो । सर्भरमा फोन गर । ल त ल ।
विशाखा- ला अब के गर्ने त ।
अविनाश- के गर्ने नि दुई घण्टा अगाडिको पि्रन्ट छ त्यही पढ्ने नि ।
सबै समाचार सधैं एउटै समाचार । लौ लैजाऊ जे हुन्छ हुन्छ ।
प्रेम- हतारिएर हान्निंदै प्रवेश हुन्छ लौन रत्नपार्कमा दुर्घटना भएछ तुरुन्त जानुपर्ने भो । हानाहान पनि भएको छ रे ।
अविनाश- छैन क्यामेरा स्यामेरा । वहाँ कुन चािहं नेता हो मोटरसाइकलमा गइरहेको छ रे । त्यो कहाँ जाँदोरहेछ । कुन गल्लीमा छिर्दो रहेछ । त्यही खिचेर ल्याउनु पर्ने भनेर पछि लागेका छन् केटाहरु ।
वर्षा - प्रवेश गर्दागर्दै ध्यान हाजिरी पुस्तिकामा लगाउँदै हाजिरी पनि सबैको छैन के हो यो
विशाखा- मैले पनि हाजिर गरेकी छैन ।
वर्षा- अफिस आएपछि एउटा हाजिर गर्न त तिमीहरु अल्छि मान्छौ काम चाहीं के गर्छौ
विशाखा- हाजिरले त अफिसका ठूला ठूलालाई पनि सताएको छ रे त है
वर्षा- पार्दैन त ।
अविनाश- जमाना कहाँ पुगिसक्यो । कार्ड सिस्टम पो हुनुपर्ने । के को हाजिर गर्थे र आजकल ।
वर्षा-तिमीहरुको बहाना मात्रै हो । कार्ड सिस्टम त आउने भन्ने सुनेको मैले पनि धेरै भयो नि तर खोइ कहाँ अड्कियो ।
अविनाश - किन दिदी
वर्षा- खोई । १२ वर्षपछि त खोला पनि फर्किन्छ भन्थे । काम गरेको पनि त्योभन्दा बढी भैसक्यो ।
विश्ााखा - पहिला पहिला त वर्षको उत्कृष्ठ कर्मचारी पनि छान्निथ्यो रे नि है
अविनाश- छान्न त छान्ािन्थ्यो नि । तर के गर्ने जो जो नजिकका छन् उनैले मात्र पाउने । काम गर्नेलाई दिने भएपो ।
विशाखा- ए त्यसो भए काम गर्नुभन्दा कुरै काटेर िहंड्दा पो फाइदा हुँदो रहेछ है ।
वर्षा - केही यस्ता भए होलान् । तिनीहरुले कार्यालयको मर्यादा उल्लंघन गरे होलान् । त्यस्ताहरु आफै बिलाएर जान्छन् । अब जागरुक गराउन पुरस्कृत र दण्डितको ब्यवस्था हुनैपर्छ ।
प्रेम- बा बा बा । सबैको जोशलाई संवन्धित निकायले छिट्टै सम्बोधन गरे त काम गर्न पनि मज्जा आउँथ्यो नि ।
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "Drama"
Leave a reply