गजल , जिन्दगीले नसोचेको
Posted by somdai a lunatic on Nov 18, 2011 | 0 comments
धेरै भयो तिम्राबारे अक्षर नकोरेको
जुग बित्यो तिम्रो त्यो नजर नहेरेको ।
बदनाम हुने डरले तर्कितर्कि िहंडेपछि
मायाको के कसम दिनु साइनो नजोडेको ॥
याद आएन भन्नैपर्छ आत्मा पापी बनेपछि
केको नजिक हुनसक्नु मुटु नचोरेको …
कति दोष आफूलाई मात्र मित्रता नै खस्किएपछि
जीन्दगीले कहाँ लग्यो अहिले भयो नसोचेको …।
न खुशी तिमी हुन्छौ मलाई यहाँ रुवाएपछि
जिन्दगीले कहाँ पुर् यायो अहिले भयो नसोचेको …॥
सोमराज पोखरेल ुलुनाटिकु
२०६८-७-३०
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "गजल , जिन्दगीले नसोचेको"
Leave a reply