Kabita मैले रोजेको ऊ

Posted by somdai a lunatic on Jan 11, 2012 | 0 comments




मैले रोजेको ऊ
र, उसले रोजेको म
म झापाका कुरा गर्दा
ऊ मसंगै भइरहेको भानमा
मैले उसलाई कत्ति बोलाएँ
तिमी छेवैमा भएको ठानी
एकै स्वासमा भविष्य बताएँ ।
मैले रोजेको ऊ
ऊ त महाकाली हानिएको रहेछ
मैले कल्पेको पाँच मिनेटमै
कल्पनाको गाग्रो फुट्यो
मोबाइलमा एसएमएस आयो
तीन दिन बाहिरै हुन्छु रे ।
 उसले रोजेको म
मैले रोजेको ऊ
ब्यवहारमा असमानता
विचारमा नदीका किनार
भावनामा काँचो केरा
र आत्मीयतामा काउछो ।
लुनाटिकको कलमबाट
२०६८÷९÷२७
पानीपोखरी





0 comments for "Kabita मैले रोजेको ऊ"

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts