कविता : अहंकारी मान्छे

Posted by somdai a lunatic on Jun 14, 2013 | 0 comments



मान्छे मान्छेकै विरोधमा
मान्छेलाई शत्रु ठान्दै
अगाडि बढिरहन्छ एक्लै
प्रवाह नगर्ने उसको बानीले
आफन्त पीडित छन्
सहकर्मी चिंढिएका छन् ।
तर मान्छे मान्छेलाई दुःख दिंदै
अझ रमाएको भ्रम पार्छ आफूलाई ।
कसैलाई सहयोग गरे बेइज्जत ठान्छ
मान गिरेको सम्झन्छ
आफूलाई आफै ठूलो बनाउँदै
एक्लै दौडिरहेछ ऊ ।
न अतित सम्झन्छ
न वर्तमान थाहा छ
भविष्यको के कुरा
एकलकाटे मान्छे
खोक्रो शान झार्दैछ
र, साँढेसरी बाँ ऽऽऽ गरिरहेछ ।
–सोमराज पोखरेल ‘लुनाटिक’
पानीपोखरी, २०७० जेठ ३१ ।

0 comments for " कविता : अहंकारी मान्छे "

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts