आशा
Posted by somdai a lunatic on Mar 9, 2021 | 0 comments
नमाग्या भए हुन्थ्यो
मैले नमाग्या भए हुन्थ्यो
मागेँ
हुन्छ भनियो
छ भनियो
आशा जाग्यो
प्रतिक्षा गरियो
अहिले आउला छैन
दिउँसो आउला छैन
साँझ आउला छैन
राति घर फर्किँदा अँध्यारो हुन्छ
फेरि सम्झियो
भोलि त आउला
अहँ अहिलेसम्म आएन
तर अँध्यारो अझै भागेको छैन ।
हो नमाग्या भए हुन्थ्यो
मागिहालियो
अनि दोहोरियो त्यही आशा
अब त बन्यो आश गर्ने दैनिकी ।।
लुनाटिकको कलमबाट, २०७७ फागुन २६

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "आशा"
Leave a reply