गजल : शब्दार्थ
Posted by somdai a lunatic on Jun 5, 2010 | 0 comments
शब्दभित्र अर्थ खोज्दै भौंतारिन्छु म
कसले कताबाट हान्यो लड्न पुग्छु म ।
शब्दभित्र हुन्छ रे त गोली हान्ने कला
कतिबेला लागेछ खै ढल्न पुग्छु म ।
शब्द-शब्द मिलेपछि सागर बन्दोरैछ
त्यै सागरको भेलमा परि बग्न पुग्छु म ।
शब्दभित्र प्रेम रैछ दिनु दियो दुःख
त्यै प्रेमले असत् गर्यो डग्न पुग्छु म ।
शब्द पनि पैंचो लिंदा स्वतन्त्रता गयो
नयाा नेपाल सपना रैछ जाग्न पुग्छु म ।
शब्दभित्र अर्थ खोज्दै भौंतारिन्छु म
नयाा नेपाल सपना रैछ जाग्न पुग्छु म ।
-सोमराज पोखरेल 'लुनाटिक'
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "गजल : शब्दार्थ"
Leave a reply