Kabita भरिपूर्ण फूल
Posted by somdai a lunatic on May 10, 2012 | 0 comments
आफैमा पूर्ण
लिप्त पार्न सफल
भमरा छन् वशमा
निष्फिक्री
स्थान जमाइरहेछ ।
मतमा पनि
उन्मादमा पनि
धर्तीको साथले
मीठो बासनाले
भरिपूर्ण फूल ।।
लोक गाउँछ
प्रकृति रमाउँछ
अनेकन प्राणि वर्गमा
गुणगान उसैको
मस्त मस्त भइरहेको छ ।
दिनमा होस् कि
रातमा होस् कि
हरक्षणमा
लठ्ठ बासनाले
भरिपूर्ण फूल ।।
चर्चामा लायक
परिचर्चामा गुणवान
ठिङ्ग एक चित्त
केन्द्र विन्दु बन्दै
आफैमा रमाइरहेछ ।
आफू राम्रो बन्न
अरुको कुभलो गरेन
सीमा भित्र रहेछ
गरिरहेछ आफ्नो कर्म
भरिपूर्ण फूल ।।
-सोमराज पोखरेल ‘लुनाटिक’
२०६९ बैखाख २८
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "Kabita भरिपूर्ण फूल"
Leave a reply