बाल लघुकथा ः तोतेबोलीमै अधिकार
Posted by somdai a lunatic on May 10, 2012 | 0 comments
समी सधैजसो बिहान उठ्न वित्तिकै आफ्नो बुबालाई ‘बाबा’ भनेर बोलाउने गर्छिन् । डेढ वर्ष उमेरकी उनले बाबासंगै माम खान्छिन् । बाबा काममा जाने बेलामा घरको गेटमै पुगेर विदाई गर्छिन् । बाबा कामबाट फर्किएपछि पनि समी बाबासंगै खेल्छिन् । बाबाले पनि घर फर्किंदा मीठो खानेकुरा ल्याइदिने हुँदा समी दङ्ग पर्छिन् ।
दैनिकी यसैगरी चलिरहेका बेला एक दिन समीले बाबा रित्तै हात घर फर्केको देखिन् । बाबा...बाबा.... भन्दै बाबाको ध्यान आफूतर्फ खिच्ने प्रयास गरिन् । बाबाले वास्ता नगरेको समीलाई लागेछ । फेरि पनि समीले बाबासंग हात फैलाइन् । अनि रिसाएकी समीले बाबाको काखमा बस्दै गालामा एक चड्कन हानिन् । समीका बुबाले बल्ल बुझे बाल अधिकार ।
सोमराज पोखरेल ‘लुनाटिक’
२०६९ बैशाख २९
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "बाल लघुकथा ः तोतेबोलीमै अधिकार"
Leave a reply