Kabita तन मन धन वचन र कर्म
Posted by somdai a lunatic on May 13, 2012 | 0 comments
भारी हुन सक्छ
बोझ बन्न सक्छ
पट्यारिलो हुन सक्छ
बेकामे हुन सक्छ
यो तन ।
झस्किन सक्छ
हल्लिन सक्छ
आत्तिन सक्छ
अताल्लिन सक्छ
यो मन ।
वेइमान हुन सक्छ
ईमान बेच्न सक्छ
बोली फेर्न सक्छ
गोली हान्न सक्छ
यो धन ।
विशाक्त बन्न सक्छ
अभिषाप हुन सक्छ
श्राप बन्न सक्छ
पाप हुन सक्छ
यो वचन ।
तर, ईमानदार बन्न सक्छ
शालीन बन्न सक्छ
आवश्यकता बन्न सक्छ
अमृत बन्न सक्छ
यो कर्म ।
–सोमराज पोखरेल
गुल्मी, नयाँगाउँ
२०६९÷०१÷३१
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "Kabita तन मन धन वचन र कर्म"
Leave a reply