गजल : जिन्दगीले नसोचेको
Posted by somdai a lunatic on May 22, 2012 | 0 comments
धेरै भयो तिम्राबारे अक्षर नकोरेको
जुग बित्यो तिम्रो त्यो नजर नहेरेको ।
बदनाम हुने डरले तर्कितर्कि हिंडेपछि
मायाको के कसम दिनु साइनो नजोडेको ।।
याद आएन भन्नैपर्छ आत्मा पापी बनेपछि
केको नजिक हुुनसक्नु मुटु नचोरेको ।।।
कति दोष आफूलाई मात्र मित्रता नै खस्किएपछि
जीन्दगीले कहाँ लग्यो अहिले भयो नसोचेको ।।।।
न खुशी तिमी हुन्छौ मलाई यहाँ रुवाएपछि
जिन्दगीले कहाँ पु¥यायो अहिले भयो नसोचेको ।।।।।
सोमराज पोखरेल ‘लुनाटिक’
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "गजल : जिन्दगीले नसोचेको"
Leave a reply