गजल : झैं झगडाले बौलाउँछु कि
Posted by somdai a lunatic on May 26, 2012 | 0 comments
मुलुकको दशा हेर्दा यस्तो लाग्छ बौलाउँछु कि आजै भोलि
भाइभाइको झैं झगडाले हिर्काउँछु कि आफैलाई गोली ।
यो दशाले बिग्रेजस्तो भैसकिएछ आफै पनि
देश टुक्राउन चमकधमक, उग्र–उग्र भाषण बोली ।
लगाम विनाको घोडासरी लाठिएर हिंड्छन् सबै
अस्तित्वको संकट यहाँ तर्साउँछन् छाती खोली ।
आफ्नै धुनमा कुँद्नेमाथि के पो रह्यो भरोसा र
संघीयताले बाटो बिराउँदा कित्ताकाट भो मोल मोली ।
मुलुकको दशा हेर्दा यस्तो लाग्छ बौलाउँछुकि आजै भोलि
संघीयताले बाटो बिराउँदा कित्ताकाट भो मोल मोली ।
सोमराज पोखरेल लुनाटिक
नयाँगाउँ–१, गुल्मी ।
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "गजल : झैं झगडाले बौलाउँछु कि"
Leave a reply