श्रृंगारिक गजल ः परिवर्तन भैछौ तिमी
Posted by somdai a lunatic on Jun 15, 2012 | 0 comments
मसंग बसिकन तिमीले के के लियौ कुन्नी
उत्ताउलो बन्दै गाछौ झोंकमा के के पियौ कुन्नी ।
हिजोसम्म सभ्यशील लजाउँथ्यौ जहिले पनि
आज हेर्दा कुरै बेग्लै तिमीले के के दियौ कुन्नी ।
मन खोली खेल्न तिमी पहिल्यैदेखि नमान्ने थियौ
अचानक मन फेरेर तिमीले के के सियौ कुन्नी ।
बार्दलीलाई बार हालेर भित्रभित्र केही त भयो
हिजोसम्म सभ्य तिमी आज कसरी जियौ कुन्नी ।
सोमराज पोखरेल ‘लुनाटिक’
असार २, २०६९, काठमाडौं ।
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "श्रृंगारिक गजल ः परिवर्तन भैछौ तिमी"
Leave a reply