गजल ः अर्थ हुन छाड्यो

Posted by somdai a lunatic on Jun 19, 2012 | 0 comments



मायाभन्दा गालीकै जोडले कुनै अर्थ हुन छाड्यो
जुटकोभन्दा फुटको राजनीतिले कुनै अर्थ हुन छाड्यो ।
बेबारिस हिड्नुभन्दा समूहमा हिंड्न जाती भने पनि
यहाँ दुई चार जनासंगै हिंड्नुको अर्थ हुन छाड्यो ।
राजनीतिक मारकाटको खेल फेरि सुरु हुने डर छ
शान्ति र सेना समायोजन भएको कुनै अर्थ हुन छाड्यो ।
हिजोका अस्तित्वविहीनहरु आजका मालिक भएका छन्
सर्वहारा वर्गको हितका लागि भन्ने भाषणको अर्थ हुन छाड्यो ।
संसदबाटै बन्नुपर्ने सबैथोक, नबनेपछि पर्नुसम्म पीर प¥यो
अब त संसदबादी दल भन्नुको अर्थ हुन छाड्यो ।
जुटकोभन्दा फुटको राजनीतिले कुनै अर्थ हुन छाड्यो ।
 अब त संसदबादी दल भन्नुको अर्थ हुन छाड्यो ।।

सोमराज पोखरेल ‘लुनाटिक’
असार ६, ०६९ काठमाडौं ।

0 comments for "गजल ः अर्थ हुन छाड्यो"

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts