कविता ः ऊ विनाको गजल

Posted by somdai a lunatic on Nov 20, 2012 | 0 comments




ऊ एकाएक झस्किई
लेख्दै जाँदा ऊ गजलसंग जोडिई
रुपवती थिई
गजल लेख्दैथिएँ
एकाएक उसलाई हेरें
ऊ पनि गजलको अंग बनी
नाम थपिदिएँ
तर जब गजल सुनाएँ
उ रातोपिरो भई
डराई पनि
अनि भन्न थाली
सबै मन पर्यो
आखिरको मेरो नाम ‘अहँ’
खासमा गजल उसकै थियो
उसको नाम विना गजल अपुरो थियो ।

सोमराज पोखरेल ‘लुनाटिक’
८ मंसिर ०६९ (साँझ ६ बजेर २० मिनेट)

0 comments for "कविता ः ऊ विनाको गजल"

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts