गजल : जीवन

Posted by somdai a lunatic on Nov 20, 2012 | 0 comments



बाँच्नुमात्र जीवन भए बाँचेकै छु भन्नुपर्ला
हाँस्नु रम्नु  जीवन भए मरेको छु भन्नुपर्ला ।

हिजोसम्म हाँसो ः जीउने कला भएकै बेला
जीवनको अर्थ बुझें एक्लिएछु भन्नुपर्ला ।

झुटो खेती गर्नेसंग माया जोड्न नसकेर
जीवनले दुःख पायो रित्तिएछु भन्नुपर्ला ।

तिम्रो रुपमा श्रृंगार थप्दा तिमी चर्चित रुपा भयौ
तिमीले पनि धोका दिंदा मरिसकें भन्नुपर्ला ।।
        सोमराज पोखरेल ‘लुनाटिक’
   ( ८ मंसिर ०६९ साँझ ६ बजेर १० मिनेटमा )

0 comments for "गजल : जीवन "

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts