Ghazal दोधार भो ...........
Posted by somdai a lunatic on Nov 9, 2012 | 0 comments
जित्छु भनी स्पर्धामा उत्रिएको फेरि पनि हार भो
लगातार हार्नु नै छ भने खेल्नुको के सार भो ।।
कुनै बेला जितेको हो, त्यतिबेला जिउने आधार भो
समय घर्केसरी हारिरहँदा आज त्यही काम अपराध भो ।।
सपना थियो, लक्ष्य थियो, सोच्दा निकै बहार भो
अहिले हारियो, लक्ष्य सकियो, जीवन बर्बाद भो ।।
जित्दा संसार जितेजस्तो हार्दा लुइरे सरदार भो
दशैंमा त जितेकै हो, हराउने तिहार भो ।।
सोमराज पोखरेल ‘लुनाटिक’
०६९ कार्तिक २४
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "Ghazal दोधार भो ..........."
Leave a reply