छोटो कविता, तिर्खा
Posted by somdai a lunatic on Nov 9, 2012 | 0 comments
प्यास र भोक लागेसरी
पुस्तक पढ्ने लोभमा
केही साहित्यकारको संगत गर्दै
लिइयो अन्तर्वार्ता र चियाको चुस्की
अनि घर फर्किएपछि धित्कारियो आफैलाई
सायद, लोभले अल्झायो मलाई
तर पनि भन्न सकिन
ए साहित्यकार हो एउटा पुस्तक त दिनु नि ।।
सोमराज पोखरेल ‘लुनाटिक’
०६९ कार्तिक २०
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "छोटो कविता, तिर्खा "
Leave a reply