कविता : विचित्र काठमाडौं !
Posted by somdai a lunatic on Mar 31, 2013 | 0 comments
काठमाडौं !!!
यो कस्तो सहर
जता हेरे पनि
धुलो, धुवाँ र विकृति
यो कस्तो सहर
ब्वाँसाहरुले सताए
भोलिको खवर आउनै बाँकी छ
शीर्षक हुन्छ –अब असारको चुनाव मंसिरमा पु-याए ।
यो कस्तो सहर
जता हेरे पनि पैसै पैसोको कुरा
जहाँ गए पनि महङ्गीको कुरा
ब्वाँसाहरुले सताए
भोलिको खवर आउनै बाँकी छ
शीर्षक हुन्छ – ग्याँसको भाउ २१ सय पु-याए ।
यो कस्तो सहर
जता गए पनि बेइमानको जालो
धन भनेपछि मनै कालो
कसले बुझ्ला यो ब्यथा
र, पनि भोलिको खवर आउनै बाँकी छ
शीर्षक हुन्छ –नेपालले भ्रष्टाचारमा बाजी मा-यो ।
यो कस्तो सहर
जस्तो समुदायलाई पनि
जस्तो क्षेत्रकोलाई पनि
जस्तो पेशाकोलाई पनि
र, जस्तो बेइमानलाई पनि
अँगालो हाल्छ र मोहित बनाउँछ
अझ भोलिको खवर आउनै बाँकी छ
शीर्षक हुन्छ – काठमाडौं लस भेगासजस्तै बन्ने रे ।
–सोमराज पोखरेल ‘लुनाटिक’
२०६९ चैत १८
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "कविता : विचित्र काठमाडौं !"
Leave a reply