कविता : वर्षको पहिलो दिन

Posted by somdai a lunatic on Apr 14, 2013 | 0 comments



वर्षको पहिलो दिन सुत्नेले
सधै सुत्छ भन्छन्
जानीजानी के सुत्नु भनी
जीवनजल प्यारो बनाई
कर्मक्षेत्रलाई धर्म बनाई
बिताइयो रमाइलो मानी
'लो प्रेसर'लाई तलै छाडेर
माथि पुग्ने आशामा
बाँकी दिन पनि त्यसरी नै
ब्यस्त बन्ने सुरमा
फेरि एकपटक
मस्त काममा
ब्यस्त काममा
सायद शरीर
सायद मन
त्यही चाहन्छ सधैभरि ।।
–सोमराज पोखरेल ‘लुनाटिक’
०७० बैशाख १

0 comments for "कविता : वर्षको पहिलो दिन"

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts