u-14 women national team playing well
Posted by somdai a lunatic on Mar 25, 2014 | 0 comments
श्रीलंकामा सम्पन्न एएफ्सी १४ मुनीको महिला क्षेत्रिय च्याम्पियनसिप दक्षिणी तथा मध्य एसिया फुटबलको उपाधि नेपालले जितेको छ । अन्तिम खेलमा ताजकिस्तानलाई २÷० ले पराजित गर्दै चौध वर्ष मुनीको नेपाली महिला राष्ट्रिय टिम उपाधि जित्न सफल भएको हो । नेपाललाई जिताउन दुवै गोल एलिसा जिम्बालले गरेकी थिइन् ।
६ टिमले सहभागीता जनाएको प्रतियोगितामा सबै खेल जित्दै नेपाल च्याम्पियन बनेको हो । पहिलो खेलमा भुटानलाई ९÷० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई १÷० ले हराएको थियो । त्यसैगरी तेस्रो खेलमा भारतलाई ४÷० ले हराएको नेपालले चौथो खेलमा ईरानमाथि ४÷० को विजयी नतिजा निकालेको थियो । अहिलेसम्मकै सफल प्रदर्शन गरेको नेपाली टिमले कूल २० गोल गर्दा एक गोल पनि खानु परेन ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "u-14 women national team playing well"
Leave a reply