Pubudu Dashanayake terms added for a year
Posted by नेपाली पत्रकारीता on Mar 24, 2014 | 0 comments
११ चैत, काठमाडौं । नेपाली क्रिकेट राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेको अनुबन्ध अवधि एक वर्ष थपिएको छ । नेपाल क्रिकेट संघ (क्यान)को सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले पुबुदुको अनुबन्ध अवधि थप एक बर्ष बढाएको हो ।क्यान सम्पादन समितिको बैठक पछि पुबुदुसँग छलफल गरी उनको करार अवधि र सेवासुविधा पनि थप गरिएको क्यानका अध्यक्ष टंक आङबुहाङले जानकारी दिए । प्रतिमहिना ५ हजार अमेरिकी डलर तलब सुविधासहित खाना र बस्नको सुविधा पाएका पुबुदुको सेवा के कति विस्तार भएको भन्नेबारे भने आङबुहाङले खुलाउन चाहेनन् ।
कार्यसम्पादन समितिमा पुबुदुको करार अवधि बढाउने विषयमा सर्वसम्बत भएको थियो ।
पुबुदुले नेपाली क्रिकेटको प्रशिक्षण सम्हालेपछि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा पनि सहभागी भएर हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो भने बंगलादेशसाग हार बेहोरेको थियो ।
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "Pubudu Dashanayake terms added for a year"
Leave a reply