National cricketers will receive half a million each

Posted by नेपाली पत्रकारीता on Mar 24, 2014 | 0 comments


काठमाण्डु, ७ चैत – बंगलादेशमा जारी आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सानदार प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रत्येख खेलाडीलाई सरकारले जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको छ ।
खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा यस्तो घोषणा गरेका हुन् ।
‘सबै तयारी भईसकेको छ, उनले भने, ‘अर्थमन्त्री ब्रसेल्सबाट फर्किएर आएपछि बस्ने मन्त्री परिषदको बैठकले त्यसबारे निर्णय लिन्छ ।’
अफगानिस्तान र हङकङजस्तो एक दिवसीय टिमलाई पराजित गरेर नेपाली टिमले राष्ट्रिय गौरब बढाएको भन्दै उनले अब सरकारले सन २०१९ मा हुने एक दिवसीय विश्वकपमा सहभागिता सुनिश्चित गर्न विशेष रणनीति बनाउने बताए ।
‘अहिलेको विजयलाई निरन्तरता दिन सरकार योजनाबद्ध रुपमा अघि बढ्छ,’ उनले भने, ‘क्रिकेटको विकास र विस्तारको लागि सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रममा पनि योजना समेटेको छ, हामी कुनै कसर बाँकी राख्दैनौं ।
काठमाण्डुलाई स्पोर्टर्स सेन्टरको रुपमा विकास गर्ने भन्दै उनले आगामी एक वर्षभित्रै मूलपानीमा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण सम्पन्न गर्ने दावी गरे ।
सरकारले दुई दिवसीय क्रिकेट प्रतियोगिताको रुपमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सुरुवात गर्ने तयारी गरिरहेको जानकारी दिदै मन्त्री पौडेलले गाँउ–गाँउवाट क्रिकेट खेलाडी जन्माउन प्रत्येक निर्वाचन क्षेत्रमा एउटा स्टेडियम बनाउने गरी सरकारले योजना बनाएको बताए ।
कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष टंक आङबुहाङले नेपाली क्रिकेट टिमको ऐतिहासिक जितसँगै यसलाई जोगाएर राख्ने चुनौति थपिएको बताए । आगामी विश्वकपको तयारीको लागि क्लोज क्याम्पसँगै भारत, पाकिस्तान, श्रीलंका जस्ता मुलुकहरुसँग मैत्रिपूर्ण खेलहरुको आयोजना गर्नु पर्नेमा जोड दिए ।
खेलमा लागेर बाँच्न सकिन्छ भन्ने भावना विकास गर्न अब सरकारले खेलाडीको गाँस, बास र कपासको समेत ब्यवस्था गर्न जरुरी रहेको उनको भनाइ थियो ।

0 comments for "National cricketers will receive half a million each"

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts