Is not barking dog biting ?
Posted by somdai a lunatic on Mar 16, 2014 | 0 comments
–सोमराज पोखरेल
–चाणक्यले भनेका छन् आफूमा गुण छ भने प्रशंसकको अभाव हुँदैन ।
– सुकरातले भनेका छन् जसले आफूलाई गतिशील बनाउन सक्छ उसैले दुनियाँलाई गरेर देखाउन सक्छ ।
दुवै दर्शनशास्त्रीका भनाइ फरक छन् । निचोड भने एउटै हो । दुनियाँलाई गरेर देखाएपछि प्रशंसा नपाउने कुरै छैन । तर दुनियाँलाई गरेर देखाउन त पहिले आफूमा गुण हुनु प¥यो नि । गुण नै नभएको व्यक्ति जतिसुकै पद वा ओहदामा पुगे पनि हुनेवाला केही छैन । पानीलाई ठाउँ छाडियो भने उसले बाटो बनाउँछ नै । केही गरेर देखाउने मानिस त्यही खुल्ला छाडिएको पानी हो । अल्छीले केही गर्दैन कुनै भाँडामा राखिएको पानीजस्तै हुन्छ ।
नेपालीमा ‘भुक्ने कुकुरले टोक्दैन’ भन्ने उखान छ । यो स्तम्भकार त्यही भ्रम पालेर ढुक्क हुँदा दुई पटक भुक्ने कुकुरबाटै शिकार भएको छ । त्यसैले यहाँनेर पुरानो भनाईलाई परिमार्जन गर्नुपर्ने देखिन्छ । कुकुर भुक्छ पनि टोक्छ पनि । घुमिफिरी राजनीतिको कुरा गर्ने हो भने नेताहरुले नेपाललाई ध्वस्त पारेका छन् । केहीलाई छाड्ने हो भने सबैको ध्यान सम्पत्ति जोड्ने तुच्छ क्रियाकलापभन्दा माथि उठ्न खोजेको अवस्था छैन । त्यसैले पनि नेताहरु जे भन्छन् त्यो गर्दैनन् । जे भन्दैनन् त्यही गर्छन् । भुक्ने कुकुरले टोक्दैन भनेझैं । अधिकांशमा लागु हुने यो उखान ती अल्पसंख्यकलाई ओझेलमा पार्ने गरी भनिनु र त्यसैलाई लागु गरिनु अन्याय नै बन्न जान्छ । त्यसैले कहिले भुक्ने कुकुरले टोक्दैन । कहिले भुक्छ पनि टोक्छ पनि ।
सरकारको हनिमुन समय निकै खराव चलिरहेको छ । सरकारले जुन गतिले आफ्नो कामलाई अगाडि बढाउनु पर्ने थियो त्यो एक रत्ति पनि हुन सकेको छैन । निकै सुस्ताएको देखिन्छ सरकार । सरकार कहाँ अल्झियो भन्नेमै अलमल भएको छ । किनकि सुशील कोइराला तनावमा बनेका प्रधानमन्त्री हुन् । आफ्नो पार्टीदेखि एमालेसम्म र अझ खतरनाक बाह्यशक्तिको निगरानीमा भएका प्रधानमन्त्री हुन् उनी । विपक्षीहरुको चित्त बुझाउनु त छँदैछ । यसले गर्दा पनि उनलाई काम गर्न कठिन भएको छ ।
आफू पार्टीको सभापति भए पनि कोइरालालाई काम गर्न हम्मेहम्मे परेको छ । किनकि शेरबहादुर देउवा पराजित भए पनि कहिल्यै हार्न नजान्ने नेता । सुशील कोइराला बहुमत पाए पनि हुँकार गरेर अगाडि बढ्न नजान्ने नेता । त्यस्ता व्यक्ति प्रधानमन्त्री बनेपछि देशले तुरुन्तै निकास पाउँछ भन्नु मूर्खता नै हो । एक पटक बाबुराम भट्टराईले देश बनाउन जुवा खेल्न परे पनि तयार हुनुपर्छ भनेका थिए । उनले देश त बनाउन सकेनन् । तर काठमाडौंमा गरेको सडक विस्तारको तारिफ नगर्ने सायदै होलान् । बाबुरामले राम्रो सोच्दासोच्दै जसरी उनको कार्यकाल नराम्ररी भासियो त्यसबाट सिक्नुपर्ने एउटै पाठ भनेको आफू राम्रो भएरमात्र हुँदैन आफू मातहतका सबै राम्रा हुनुपर्छ ।
लडाईं लड्ने सेनापतिले हैन । सैनिकहरुले हो । बस् सेनापतिले त निर्देशन दिने हो । सुशील कोइरालाले त निर्देशन दिने हो । तर उनका सैनिक उनलाई सघाउन तयार छन् कि छैनन् भन्ने पाटो महत्वपूर्ण छ । उनको साथमा हिंडेका सैनिकहरु आफ्नो धुनमा मस्त छन् । आफ्नो दूनो सोझाउन मस्त देखिन्छन् । यसकै परिणाम संसदमासमेत मन्त्रिपरिषदका कोही सदस्य नहुँदा बैठक पटक पटक अवरुद्ध हुने गरेको छ । कोइरालाले आफ्नै पार्टीका मन्त्रिहरु र सभासदलाईसमेत ह्वीप जारी गरेका छन् । तर उनीहरु सुनेको नसुनेझैं गरेका छन् ।
हुँदाहुँदा आफ्नै पार्टी भित्रकाले सरकारले ल्याएको नीति तथा कार्यक्रममा आफूहरुले जानकारीसमेत नपाएको भन्दै रीस पोख्न थालेका छन् । तिनीहरु विशेषगरी सरकारमा सहभागी हुन नपाएकाहरु हुन् । त्यो रीस पोख्नेहरु शीर्ष दुई दल काँग्रेस र एमालेमा व्याप्त देखिएका छन् । काँग्रेसभित्र देखिएको स्पष्ट खेमा देउवापक्षले पार्टीमा छलफल नै नगरी सरकारले नीति तथा कार्यक्रम ल्याएको भन्दै भाँडभैलो मच्याउन थालेको छ भने एमालेभित्र पनि त्यही रोग हावी छ । काँग्रेसमा कार्यवाहक अध्यक्ष नदिएको झोंकमा उपसभापति रामचन्द्र पौडेल आफ्नो गुट बनाउन व्यस्त देखिएका छन् भने सरकारमा सहभागी हुन नपाएका अर्जुननरसिंह केसीको दाउ कोइरालालाई थकित पार्नु मानिएको छ ।
स्वार्थनिहीत राजनीतिको पराकाष्ठा एमालेमा पनि चुलिएको छ । उनीहरु खुलेआम संसदलाई ठगी खाने भाँडोको रुपमा विकसित गर्न खोजिएको आक्रोश पोख्छन् । यही चरित्रका कारण न त पार्टीको प्रभाव राम्रो पर्ला न त विश्वास नै बढ्ला । जसरी पहिलो संविधानसभाबाट केही गर्न नसकेपछि एकीकृत माओबादीलाई जनताले आफ्नो शक्ति देखाइदिए यही गतिमा अगाडि बढ्ने नै हो भने काँग्रेस एमालेको पनि दिनगन्ती सुरु भइसकेको छ ।
अहिले जुनसुकै सरकारको सदस्य वा शीर्ष दलहरुका शीर्ष नेताहरुले भन्ने गरेको एउटै वाक्य हो – एक वर्षभित्रै संविधान बनाउँछौं । तर संविधान बनाउन चाहिने पूर्वाधारका लागि खासै तयार रहेको पाईंदैन । संविधान लेख्नु त कता हो कता स्थानीय निकायको निर्वाचनतिर होमिन खोजिंदैछ मुलुकलाई । स्थानीय निकायको निर्वाचन अपरिहार्य छ । तर संविधान लेखेरै चुनाव गरे पनि बिग्रने केही छैन । किनकि बिग्रनु बिग्रिइसकेको छ । नेताहरुले धेरै रटान दिएर सुुनाउने गरेको त्यो वाक्यदेखि नै डर लाग्न थाल्छ ‘भुक्ने कुकुरले टोक्ला र ?’ । जब भुक्ने कुकुरले आफैलाई टोकेको उदाहरण छ भने नेताहरुको भनाइ मान्न करै लाग्छ । एक वर्षमै संविधान बन्दैन र ?

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "Is not barking dog biting ?"
Leave a reply