Ghazal : You are great

Posted by somdai a lunatic on Jun 11, 2014 | 0 comments


गजल ः तिमी महान् छौ
कोही भन्दा कम छैनौ, आफैमा तिमी शान छौ
औलो दिंदा डुडुल्ने निल्ने साँच्चै तिमी महान् छौ ।
आपत्मा सघाउनेलाई उल्टै विपत् पार्न खोज्ने
जतिबेलै फाइदा उठाउने यसै तिमी महान् छौ ।
आँसु लुकाइदिन खोज्दा ग्यास्ट्राइटिसको पोको बन्यो 
खुशी लुकाइ दुःखले हिर्काउने दुर्लभ तिमी महान् छौ ।
आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको ख्याल नगर्ने
हार छैन जितमात्र भन्ने धन्य मानव तिमी महान् छौ ।
–सोमराज पोखरेल ‘लुनाटिक’
२०७१ जेठ २८


0 comments for "Ghazal : You are great"

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts