SAARC : better to vandalism instead pain public
Posted by somdai a lunatic on Nov 24, 2014 | 0 comments
सोमराज पोखरेल ।
मंसिर ८ गते । मध्यान्ह ठ्याक्कै १२ बजे । भक्तपुर र काठमाडौंको साँध अर्थात् जडिबुटी क्षेत्र । ट्राफिक व्यवस्था अस्तव्यस्त । एक जना ट्राफिक हस्याङ्फस्याङ् गर्दै सिट्ठी फुक्दै थिए । जिज्ञासा राखें –सर गाडी किन कोटेश्वरतिर जान नदिएको होला ? उनले आक्रामक भएर जवाफ फर्काए – नेतालाई गएर सोध्नु नि मेरो भेजा किन खानी ? फेरि जिज्ञासा राखें – तपाई ड्युटीमा भएको जिम्मेवार राष्ट्रसेवकले दिने जवाफ यही हो र ? अनि फेरि उनी जङ्गिए – ‘अनि के गर्नु त ? जे जे भन्छन् त्यही मान्न प¥या छ । तपाईंहरुले जिताएर पुराको त हो नि यिनीहरुलाई ।’
त्यो आक्रोश उनको व्यक्तिगत विचार होला । र पनि कार्यालय समयमा खटिएका ट्राफिकलाई पटक्कै नसुहाएको लागेर फेरि प्रश्न तेस्र्याएँं – अनि आज जोर गाडी चढ्न त दिनुपर्ने हैन र ? नियम त तपाईहरुले नै बनाएको हो नि । यसरी सार्वजनिक यातायात चल्न नदिएर हामीजस्ता यात्रुलाई दुःख दिन त भएन नि ? सायद उनको पारो बढी नै तातेछ क्यार कुनै जवाफ दिएनन् । तर सवारी चालकहरुलाई ठूलो स्वरमा अपशब्द प्रयोग गर्दै सिट्ठी फुक्दै गाडी घुमाउन लगाए ।
माथिको यो संवाद केवल एक समयमा देखिएको दृष्यबाट सिर्जित प्रतिनिधि संवाद हो । यी घटना काठमाडौं उपत्यकामा सरकारले जारी गरेको पाँच दिने जोर विजोर सवारी साधन चलाउने नियममा ठाउँ ठाउँमा देख्न पाइने छ ।
हो, काठमाडौंमा जारी १८ औं सार्क शिखर सम्मेलनलाई सफल पार्नु सबै नेपालीको कर्तव्य हो । कुनै पनि सम्मेलन आयोजन ागर्न पाउनु गौरव पनि हो । तर आयोजकले गर्ने गल्तीले नागरिकले दुःख पाउनुप¥यो भने त्यो सबैभन्दा दुःखद पक्ष हो ।
सरकारले सडकमा आवागमन चुस्त पार्न र सुरक्षालाई मजबुद पार्नका लागि मंसिर ८ गते सोमबारदेखि १२ गते शुक्रबारसम्म काठमाडौं उपत्यकामा जोर र विजोर नम्बरका सवारी साधन चलाउन दिने घोषणा ग¥यो । सोमबारकै दिन ८ गते कसैले उल्लंघन नगरी जोर नम्बरकै गाडी चलाएका छन् । अपवादका रुपमा एसएसपी सर्वेन्द्र खनालले जारी गरेको सवारी पासको सदुपयोग गर्दै जुन दिन पनि चल्न पाउने भए ।
दुःखको कुरा त के भने काठमाडौंको जडिबुटीबाट कोटेश्वरतर्फ सार्वजनिक ठूला यातायात छिर्न दिइएन । सडक जाम भयो भन्ने ट्राफिकको भनाई छ । यसको चुरो के हो त भन्दा ऊ चुप रहन्छ । ‘के कराइराख्या’ भनी झर्किन्छ । जोर विजोर सवारी चल्दा र एक थरीमात्र चल्दा एउटै स्थिति कसरी हुन्छ ? यदि यस्तै भएको हो भने त्यो ट्राफिक व्यवस्थापनको कमजोरी हो । जहिले पनि जामको हवाला दिंदै के नागरिकले सार्वजनिक यातायात चढ्नै नपाउने ?
तर निजी सवारी साधन भने निर्वाध रुपमा चल्न दिइएको थियो । यात्रु नै आजित बन्दै आक्रामक पनि भए ‘सरकार मंसिर ८ देखि १२ गतेसम्म उपत्यका बन्द गर् अनि कफर््यू पनि लगा ।’ जब आफ्नो कामका लागि सार्वजनिक यातायात चढ्न नपाइने हो भने जोर बिजोर त धनीका लागि मात्रै त भयो नि !
हुन पनि पीडा खेप्ने जहिले पनि सामान्य नागरिकलेमात्र । गरीवले मात्र । कार हुनेले त हाँक्छन् । कुनै गरीव विरामी प¥यो भने त फेरि ट्याक्सीको अचाक्ली यमराजीपन देख्न विवश हुनुपर्छ । के सरकारको दायित्व यही नै हो र !
काठमाडौंको पेप्सीकोलादेखि पानीपोखरीसम्म हिंडेर आउँदा देखिएका यी दृष्यहरु –

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "SAARC : better to vandalism instead pain public"
Leave a reply