If u could not open the road curfew is best

Posted by somdai a lunatic on Nov 25, 2014 | 0 comments


सोमराज पोखरेल  ।
राजधानीमा जारी १८ औं सार्क शिखर सम्मेलनले जति उत्साह थपेको छ त्यो भन्दाबढी पीडा यात्रुले खेपेका छन् । कहिले भीभीआइपी सवारी त कहिले अतिथि सत्कारको चटारो । त्यो चटारो नागरिकलाई हैन सरकारलाई हो । सडक व्यवस्थापन गर्ने ट्राफिकको जिम्मा हो । व्यवस्थापन गर्नुको सट्टा चालकलाई दुःख दिनु गैरजिम्मेवार हो ।
सरकारले अत्यावश्यकीय सवारी साधन जस्तै– एम्बुलेन्स लगायतलाई चल्न दिने बताएको थियो । तर मंसिर ९ गते बिहानदेखि साँझसम्म दक्षिण एसियाका पाहुनाहरु आउँदा एयरपोर्टदेखि सोल्टी होटलका लागि प्रयोग हुने सडकमा संचार र दूध, पानी बोक्ने गाडी त परै जावस् ट्राफिकले एम्बुलेन्ससमेत चल्न दिन गा¥हो माने । माथिको आदेश छ भन्दै हकार्दैमा फुर्सद थिएन उनीहरुलाई ।
जनआक्रोश झनै कडा थियो – ‘कि बाटो खोल हैन भने कफ्र्यु लगाऊ ।’ आखिर दुःख दिएर नागरिकलाई सास्ती दिने मनस्थिति त सरकारको पक्कै हैन होला । अनि जब सवारी चल्नै नदिने हो भने जोर विजोर प्रणाली या अत्यावश्यक सवारी पासको औचित्य नै के रह्यो र ! काठमाडौंको जटिबुटीदेखि नयाँ बानेश्वरसम्म झण्डै चार घण्टासम्म अल्झिनुपर्दा देखिएका केही सडकका दृष्यहरु–




















































0 comments for "If u could not open the road curfew is best"

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts