गजल : बुझ्नु तिमीले
Posted by somdai a lunatic on Jun 9, 2010 | 0 comments
दुई वर्षमा सात सय पटक झगडा गरेनी
सातहजार पटक माया गर्नु तिमीले ।
विभिन्न बहानामा आगो बालेनी
परेका बेलामा शीतल छर्नु तिमीले ।।
दिनपछि रात पक्कै हुन्छ नचाहेनी
त्यो त दिनकै लागि हो बुझ्नु तिमीले ।
दुःख त बढी खेप्नुपर्छ नमागेनी
साथ मेरै हुन्छ नबिर्सनु तिमीले ।।
संघर्षका लागि हामी बिछोडिएनी
परेका बेला त संगै हुन्छौं मनन गर्नु तिमीले ।
संगै हुादा ठ्या्कठूक त पर्छ नै भााडा जुधेनी
परालको आगो हो हाम्रो झगडा बुझ्नु तिमीले ।।
विभिन्न बहानामा आगो बलेनी
परालको आगो हो हाम्रो झगडा बुझ्नु तिमीले ।।
-विहे भएको दुई वर्ष पुगेको उपलक्ष्यमा प्राणप्यारीको नाममा)
-सोमराज पोखरेल 'लुनाटिक'
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "गजल : बुझ्नु तिमीले"
Leave a reply