गजल : देश बांच्छ कि आफू
Posted by somdai a lunatic on Jun 26, 2010 | 0 comments
जलाउनेले सक्छ भने यो मन पनि जलाइ हेरोस्
कठोर छ बल्दैन अब दियालो नै रन्काएपनि ।
कति पीडा खपियो यहां समाजलाई ब्यूताउंन,
कसैलाई छैन फुर्सद सडक नै घन्काएपनि ।
यो देश कस्तो रैछ सतीले पनि सरापे जस्तो,
लाग्दैन तातो कसैलाई बन्द हड्ताल चर्काएपनि ।
देश विदेश सबै बोल्छ, बोल्दैन ऊ हाम्रा बारे
निर्दयीले सुन्दैन खै, रगतका छिटा छर्किएपनि ।
बौलाउन बेर हुन्न कसोरी हो जीउने यहां
काम भने नहुने भो जतिसुकै गम्किएपनि ।
मर्नु न बांच्चु भो कसले तार्ला यो देशलाई
रोकिएन भ्रष्ट खेती नयां नेपाल चम्किएपनि ।
-सोमराज पोखरेल 'लुनाटिक'
सरस्वतीनगर ३५, काठमाडौं ।
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "गजल : देश बांच्छ कि आफू"
Leave a reply