गीत : अब जोगी बने भयो
Posted by somdai a lunatic on Jun 26, 2010 | 0 comments
फूल ओढी बसौंभने कााढा टाढा होलान्
अरुलाई सहारा दिउं आफ्ना टाढा होलान् ।
मरेसरी बसौंभने कोको आई रोलान्
गनौंभने कतिजना आफन्त पो होलान्
फूल आढी बसौंभने............
जति माया दिन्छु भन्यो त्यति दुःख दिएजस्तो
नजिकिने बहाना खोज्यो झनै टाढा भएजस्तो
यो माया चीज कस्तो जति भिज्यो त्यति साह्रो
नहुादा नै जाती थियो भएपछि झनै गाह्रो
बास छैन भने अब आश पनि मारे भयो
फूल फ्याली यताबाट फूल फिर्ता नखोजे भयो
न त कुनै इमानजमान न त कुनै मायामोह
केही नचाहिने भएपछि अब जोगी बने भयो
केही नचाहिने भएपछि अब जोगी बने भयो ।
-सोमराज पोखरेल 'लुनाटिक'
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "गीत : अब जोगी बने भयो"
Leave a reply