कविता : को कसको प्रतिक्षामा
Posted by somdai a lunatic on Oct 22, 2010 | 1 comments
दिन बितेको थियो
रात बांकी थियो
उसको आगमनको प्रतिक्षामा
केवल श्वास बांकी थियो ।
सूर्य भन्दै थियो ऊ तेरो मान्छे
चन्द्र गुनासो गर्दै थियो ऊ तेरो मान्छे
मलाई सुन्दैमा दिक्क लागेको थियो
ऊ कसको मान्छे
कति चाह थियो उसमा
कसैले नि नपत्याउने
कति माया थियो
जतिबेला नि लत्पत्याउने ।
बिरानो यहां को थियो र
जसले पनि उतिरै हेर्ने
चाह कसमा कति थियो
जसले नि उसलाई नै हेर्ने
को कसको प्रतिक्षामा
अलपत्र आफै रह्यो ।
सोमराज पोखरेल लुनाटिक
कार्तिक ५ २०६७ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.
सबै येथाबत चलेकै हो
के थाहा अनायासको प्रबेश
सूर्य को लाली संग
चिर्बिर चिर्बिर आवाज नि सुनिएको हो
मनको चाह येती छिटो पूरा हुदा
बिस्वास अबिस्वासमा मन
संगै रम्ने चाह न पुग्दै
भर्खरको बर्साको मूल न फुट्दै
सूर्य को लालिमा संग को चिर्बिर आवाज
तर यो समय, अब चन्द्र को उदय
फेरी पुनाराब्रिती को प्रतिक्ष्या मा ..!!