लघुकथा ः नशा साहित्यको

Posted by somdai a lunatic on Sep 22, 2012 | 0 comments




नशा साहित्यको

कविजी कहिल्यै झुठो नबोल्ने । कसैको साहित्य समीक्षा गर्दा पनि ठोस मूल्यांकन गरिदिने । एक दिन कविजीसंग हिंड्ने अवसर मिल्यो । हिंड्नुअघि उनले आफ्नी धर्मपत्नीसंग शनिबार पनि कार्यालयमा पुग्नैपर्ने काम बताए । त्यसपछि धर्मपत्नीको कुनै अवरोध आएन । हामी साहित्यिक कार्यक्रममा लाग्यौं । दुईघण्टा भैसक्यो कविजीको कार्यालय जाने छाँट नदेखेपछि मुखै फोडेर भनें –समयले त नेटो काट्यो त कार्यालय जानु पर्दैन ? कविजीले सहज उत्तर दिए –साहित्य त्याग्न सकिन त्यसैले श्रीमतीसंग झुठो बोलेको ।
काठमाडौं, २०६९ असोज ६
–सोमराज पोखरेल ‘लुनाटिक’
(गुरु रवीन्द्र समीरमा )
Published in Madhupark

0 comments for "लघुकथा ः नशा साहित्यको "

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts