Speech, behavior and Sushil Koirala
Posted by somdai a lunatic on Feb 26, 2014 | 0 comments
–सोमराज पोखरेल
संसद बैठकमा प्रधानमन्त्रीका लागि चुनाव भइरहँदा राप्रपा नेपालका अध्यक्ष कमल थापाले भनेका थिए ‘सुशील कोइरालामा कुनै खोट छैन । उहाँ ईमानदार हुनुहुन्छ । उहाँलाई सघाउन पाउनु खुशीको कुरा हो । तर पार्टीका वाध्यता छन् त्यसैले विपक्षमा मतदान गर्ने पार्टीले निर्णय गरेको छ ।’ सुशील कोइरालाका बारेमा यति कुरा बोलुन्जेल संसदमा एउटा हाँसोको तरङ्ग उब्जिएको थियो । त्यसले के संकेत गथ्र्यो भने कोइराला जे बोल्छन् त्यही गर्छन् । अर्कोतिर उनमा इमानदारी मरेको छैन । यथार्थपरक छन् भन्ने हो ।
पहिलो चिल्लो घसाई प्रसङ्ग टुङ्गिंए लगत्तै थापाले अर्को तीतो कुरा बोले सुशील कोइरालाका बारेमा । उनले भने ‘उहाँ आफ्नो कुरा स्पष्ट राख्नुहुन्छ तर अधिकांश कुरा बुझिंदैनन् ।’ थापाले कोइरालाको त्यो अस्वस्थ्य शारीरिक दुर्बलतामाथि गरेको प्रहारले खासै चर्चा पाएन । तर त्यतिबेलाको समयलाई मध्यनगर गर्दा भावी प्रधानमन्त्रीका बारेमा गर्नु त्यो व्यङ्ग्यले स्वयं थापालाई नै पछाडि पा¥यो ।
एमालेमा बामदेव गौतमलाई सरकारमा पठाउने बारे र केपी ओलीलाई सर्वसम्मत संसदीय दलको नेता बनाउने बारेमा अवरोध गर्ने माधवकुमार नेपाल थिए । उनको द्धैध चरित्रले उनी छायाँमा परे । त्यसकै कारण उनलाई सरकारमा मन्त्रीहरु पठाउँदा पार्टीले सोध्दै नसोधेको भन्दै संचारमाध्यममा किक्क्याए । त्यो पनि नेपाल स्वयंले सिर्जेको घटना हो । यसले उनको ओज घटाएको छ ।
आफ्नो ओज घटाउन सजिलो छ । बनाउन निकै मुस्किल पर्छ । सुशील कोइराला उनै सरकारी ठूलो पदमा पहिलो पटक पुगेका मान्छे । यसअघि सरकारमा सामेल थिएनन् । उनी सरकारले खटाएको कुनै विशेष आयोगमा पनि थिएनन् । नेपाली काँग्रेसको नेतृत्व सम्हालेपछि सरकारकोसमेत नेतृत्व सम्हाल्न पाएका कोइरालाका लागि आफ्नो ओज बनाइरहन ठूलो संघर्ष गर्नुपर्छ ।
कोइरालाले सबैभन्दा ख्याल गर्नुपर्ने उनको बोली नै हो । भनिन्छ–गोली, बोली र वचन एक पटक फुस्किएपछि सकियो । गोलीको भपाई हुन सक्दैन । बोलीलाई माफी लिएर फिर्ता गर्न सकिन्छ । तर माफीको अर्थ निकै महत्वको हुन्छ । कोइरालाले आफ्नो बोलीबाट चुक्नुपर्दा उनी बिम्स्टेकको बैठकमा सहभागी हुन म्यानमारमा रहँदा संसदमा बोलीबारे बहस भएको छ । गत शुक्रबार नेपालगञ्जमा बोल्ने क्रममा टनकपुर भारतकै भूमि भएको भन्ने विवादास्पद बोली बोलेसंगै उनी विवादमा परेका हुन् । संसदमा एमाओबादीका सभासद जनार्दन शर्माले कोइरालाको बोलीबारे सदनमा स्पष्ट पार्नुपर्ने माग गरेपछि सभामुख सुवासचन्द्र नेम्वाङ्गले कोइरालालाई रुलिङ्ग नै गर्नुपरेको छ । यसबारे कोइराला बिम्स्टेकबाट फर्केपछि जवाफ दिनुपर्नेछ । एउटा मुलुक हाँक्ने व्यक्तिले कसरी गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दियो भन्ने कुरा गम्भीर बनेको छ ।
हुनत कोइराला सामान्य नागरिक हुन रुचाउने मान्छे । उनलाई प्रधानमन्त्रीले धेरै तडकभडक गर्नुहुन्न भन्ने लाग्छ । त्यसैले पनि उनी पदीय मर्यार्दा बिर्सन खोज्छन् । भारतमा नयाँ दिल्लीका पूर्व मूख्यमन्त्री केजरीवालले बढी आदर्शमा रहँदा पदबाटै राजीनामा दिनुप¥यो । सुशील कोइराला पनि बढी आदर्श देखाउन लागे भने आडम्बरमा बाँच्नेहरुले उनलाई सजिलै अगाडि बढ्न दिने छैनन् ।
त्यसो त कोइराला आफै अचानो बनेर प्रधानमन्त्रीको कुर्सीमा विराजमान छन् । उनका अगाडि पछाडि थुप्रै चुनौती छन् । ‘भूतले खाजा खाने टाइम’ भन्ने नेपाली उखान छ नि त्यस्तै । एक वर्षभित्र संविधान, छ महिनाभित्र स्थानीय निर्वाचन । अझ भ्रष्टाचारलाई निर्मूल गर्ने कसम । कोइरालाको थाप्लोमा ठूलो जिम्मेवारी छ । त्योभन्दा बढी बोझ थप्न चाहिरहेका छन् । पीडा उनैलाई थाहा छ । एकवर्षभित्र कुर्सी पनि छाड्नु छ । यो कस्तो परिबन्द !
कुर्सीका लागि अब कोइरालाले कुनै सम्झौता गरे भने त्यो दुर्भाग्य हुनेछ । कोइराला जनताका प्रधानमन्त्री हुन् । उनी पारदर्शी हुन रुचाउने मान्छे । पारदर्शी नै बनिरहनु पर्छ । हुन त दार्शनिकले सरकार चलाउन सक्दैन भन्छन् । त्यसैगरी लोभ नहुनेले पनि सरकार चलाउन नसक्ने तर्क गरिन्छ । अगाडि पछाडि कोही नभएकैले कोइरालालाई सबैले इमानदार प्रधानमन्त्रीको प्रमाण दिएर बिदा हुनेमा अधिकांश विश्वस्त छन् । त्यसैले उनी लोभी छैनन् । बस् उनले आफूलाई अहिलेसम्मकै सफल र इमानदार व्यक्तिका रुपमा प्रमाणित गर्नुपर्नेछ ।
कोइरालाले जनताको प्रधानमन्त्री भएको छनक आइतबार बिम्स्टक बैठकमा जाने बेलामा दिइसकेका छन् । प्रधानमन्त्रीका लागि सर्वसाधारणको सवारी साधन रोक भएपछि उनी चिन्तित देखिए । उनले आफूलाई यतिठूलो सुरक्षा घेराभित्र नराखी सर्वसाधारणसंगै जान पाउनु पर्ने धारणा राखे । अनि म्यानमारबाट फर्किएपछि गम्भीर रुपमा यो कुरा उठाउने प्रण गरे । मुलुकको प्रधानमन्त्रीले जनताको साथमा हिंड्न खोज्नु नै सबैभन्दा अहम् कुरा हो । यसलाई व्यवहारमा लागु गर्नसक्नु कोइरालाको महानता हो ।
बोली र व्यवहार निकै फरक कुरा हुन् । बोलेका कुरा व्यवहारमा उतार्ने न्यून हुन्छन् । कोइरालाको बोली एकातिर र व्यवहार एकातिर भयो भने सदावहार रुपमा देखिएका विगतका प्रधानमन्त्रीको हैसियत र उनको हैसियतमा केही फरक पर्ने छैन । तसर्थ यसतर्फ गम्भीर भएर कोइरालाले बोली र व्यवहारलाई सन्तुलन राख्न सके पक्कै पनि उनका लागि त छँदैछ मुलुकका लागि पनि हीतकर हुने थियो ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " Speech, behavior and Sushil Koirala"
Leave a reply