Worship woman

Posted by somdai a lunatic on Mar 8, 2014 | 0 comments


तिमी आमा
तिमी गुरुआमा
तिमी दिदी
तिमी बहिनी
तिमी छोरी
यथासम्मान........
जब तिमी श्रीमती हुन्छौ
डराउँछु
कतै मानमर्दन हुन्छ कि
त्यसैले तिमीलाई
अपभ्रम्श पारेरै बोलाउँछु
‘मामु’ ।।
नारी सम्मान
सधै सम्मान
सबै सम्मान ।
तिम्रो पूजा
सबै पूजा
सधै पूजा ।
एक दिनको पूजा
बन्द गरौं यो नाटक
अब सधै पूजौं
महिला पूजौं
नभुलौं
‘महिला भलो त जगत् भलो’ ।।
–सोमराज पोखरेल ‘लुनाटिक’
२०७० फागुन २४
पानीपोखरी ।



0 comments for "Worship woman"

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts