Respect : AFC u-14 Nepalese team
Posted by somdai a lunatic on Mar 29, 2014 | 0 comments
यु–१४ महिला फुटबलरहरुलाई सम्मान
चैत १५, काठमाडौं । श्रीलंकामा सम्पन्न एएफ्सी १४ वर्ष मुनीको महिला क्षेत्रिय च्याम्पियनसिप दक्षिणी तथा मध्य एसिया फुटबलको उपाधि जितेको नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ एन्फाले नगद पुरस्कारसहित सम्मान गरेको छ । दशरथ रंगशालामा भएको कार्यक्रममा एन्फाले कीर्तिमान रच्न सफल खेलाडीहरुलाई जनही २० हजार रुपैयाँसहित सम्मान गरेको हो । खेलाडीहरुलाई सम्मान गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले एएफ्सी क्षेत्रिय फुटबलमा रचेको कीर्तिमानको देशले नै कदर गर्नुपर्ने भन्दै सरकारलाई पनि नगदसहित सम्मान गर्न सिफारिस गरेको जानकारी दिनुभयो ।
एन्फा अध्यक्ष गणेश थापाले महिला खेलाडीले देखाएको जुझारुपनले आगामी वर्ष हुने एएफ्सी १६ वर्ष मुनीको छनोट चरण पनि पार गर्ने विश्वास व्यक्त गर्नुभयो । अब खेलाडीहरुले निरन्तर रुपमा अभ्यास गर्ने एन्फाले जनाएको छ ।
श्रीलंकामा भएको सो क्षेत्रिय प्रतियोगिताका सबै खेल जितेर च्याम्पियन बन्ने क्रममा नेपालले २० गोल गर्दा एक गोल पनि खाएन । नेपालले भुटानलाई ९÷० ले, भारत र ईरानलाई समान ४÷० ले, ताजकिस्तानलाई २÷० ले तथा श्रीलंकालाई १÷० ले हराएको थियो ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "Respect : AFC u-14 Nepalese team"
Leave a reply